Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष दाहाल अमेरिका उड्नुअघि सचिवालय बैठक बस्दै

काठमाण्डौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् । अध्यक्ष प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लागेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका हुन् । दाहालसँगै परिवारका अन्य केही सदस्यपनि अमेरिका जाने बताइएको छ । यसअघि प्रचण्ड पत्नी सीताको उपचारकै लागि दाहाल गत असोजमा सिंगापुर गएका थिए । सिंगापुरमा सीताको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो ।

सीता मधुमेह र उच्च रक्तचापबाट पीडित हुदै आएकी छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानु अघि नेकपाको सचिवलाय बैठक बस्ने तयारी भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्