Logo
१८ बैशाख २०८१, मंगलबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसमितिको प्रतिवेदनमा जथाभावी निर्णय, पदाधिकारीलाई कारवाही गर्नुपर्ने निष्कर्ष

काठमाडौँ : संसदीय समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले आइतबार समितिमा पेश गरेको अध्ययन प्रतिवेदनमा जथाभावी निर्णय लिएको औंल्याउँदै सो प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने उल्लेख गरिएको हो ।

प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन तथा ऐन, कानुनको समेत पालना नगरी जथाभावी काम गरेकाले कार्वाही गर्नुपर्ने निष्कर्षसहितको अध्ययन प्रतिवेदन समितिमा बुझाइएको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिए ।

उपसमितिले स्थलगत रुपमा अध्ययन गरी तयार पारको प्रतिवेदनमा सिनेटको निर्णय अनुसार सो प्रतिष्ठानले नियमावली समेत नबनाई कर्मचारी नियुक्ती गरेको पनि उल्लेख गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी ढंगले कर्मचारी नियुक्त गर्नेलगायतका काम गरेको जनगुनासो बढेपछि समितिले सो सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको हो ।

उपसमितिले विना कानुनी आधार कर्मचारी नियुक्त गर्ने, नयाँ प्राध्यापकहरु राख्ने लगायतका गैरकानुनी काम प्रतिष्ठानका पदाधिकारहरुबाट भएको निष्कर्ष सहितको प्रतिवेदन समितिलाई बुझाएको छ । प्रतिवेदनमा सरकारको निर्देशनको समेत सो प्रतिष्ठानले पालना नगरेकोमा आपत्ति जनाइएको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्