Logo
१८ बैशाख २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद छ : कमल थापा

कञ्चनपुर : राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद भएको बताएका छन् । उनले जनताको अभिमतबाट कुनै पनि राजनीतिक विषय समाधान गर्न सकिने कुरा सहमतिमा उल्लेख गरिएको नै शंकास्पद रहेको बताएका हुन् ।

‘राष्ट्र विखण्डनको मुद्दा जनताको अभिमतसँग जोड्न खोजिएको छ, यदि त्यस्तो हो भने नेपाली जनतालाई त्यो कुरा कदापि स्वीकार्य हुँदैन?’ शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘यस विषयमा सरकारले एक हप्ताभित्र आपmनो धारणा स्पष्ट पार्नुपर्छ, नत्र राप्रपाले आन्दोलन सुरु गर्छ।’

उनले शुक्रबार राउतले सरकारसँग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने कुरा लेखेकाले झनै शंका उब्जाएको बताएका छन्। उक्त सहमतिलाई सतर्कतापूर्वक स्वागत गरिएको उनले बताए।

फाुगन १५ गते ताप्लेजुंगको पाथिभराबाट सुरु भएको राप्रपाको राष्ट्रिय स्वभिमान यात्रा शुक्रबार महेन्द्रनगर पुगेको हो। शुक्रबार महेन्द्रनगरमा आयोजित समारोहलाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए। हिन्दू राष्ट्र पुर्नस्थापना, राजसंस्था र संघीयतका विषयमा जनमतसंग्रह लगायतका मुद्दा उठाएर स्वाभिमान यात्रा सुरु गरिएको हो।

राप्रपाले फागुन ७ गते सरकारलाई यिनै माग सहितको २२ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ। फाुगन मसान्तसम्म उक्त मागहरुका विषयमा कुनै पहल नभए चैतदेखि जनसंघर्षको कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्