Logo
१८ बैशाख २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र राउतबीच सहमति स्वागतयोग्य, तर राष्ट्रिय दलहरुलाई विश्वासमा नलिईनु गलत

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको स्वागत गरेका छन् । तर, राष्ट्रिय दलहरुलाई विश्वासमा लिएर सहमति नगरेको भन्दै उनले आक्रोश पोखे । उनले पृथकतावादी आन्दोलनमा लागेको शक्ति संविधान मान्छु भनेर आउनु सकारात्मक पक्ष भएको पनि उनले सुनाए ।

उनले थपे,‘सरकार र राउतबीच ११ बुँदे समझदारी भएको छ ।  त्यो सहमतिमा जुन शब्दहरु प्रयोग भएका छन्, त्यसबारेमा नेकपाभित्रै एकमत देखिएको छैन । हामी त विपक्षीमा बसेर हेर्दा संविधान मान्छु भनेर आउनु नै राम्रो कुरा हो । सरकारले जसरी डिल गर्यो, जुन गोपनियता राख्दाराख्दै पनि अरु दलहरुलाई पनि विश्वामा लिनुपर्दथ्यो।’

शनिबार काठमाडौंको भीमसेनगोलामा काठमाडौं नेश्नल स्कुलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘सरकारले कुनैपनि काम गर्दाखेरि पारदर्शीतामा जोड दिनुपर्छ । तर, पारदर्शीताको नाममा दलहरुलाई कुनै जानकारी नै नदिईकन अन्धकारमा राखेर गुपचुप राखेर काम अघि बढाएको छ, यो संसदीय अभ्यासविरुद्ध हो । राष्ट्रिय दलहरुलाई पनि विश्वामा लिएर गरेको भए राम्रो हुन्थ्यो होला ।’

सहमतिअनुसार जनमतसंग्रहमा जाने भन्ने कुरा एकातिर रहेको र जनअभिमत भन्ने कुरा जनमतसंग्रह नभएको भनेर नेकपाले स्पष्ट पारेको पनि उनले सुनाए । उनले भने,‘संविधानअनुसार मानेर आउनुभएको छ, अब आउटकमको कुरा त गतिविधिबाट मुल्यांकन गर्ने हो ।’

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्