Logo
१८ बैशाख २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहलाई जिस्काउँदै गृहमन्त्री थापाले भने,‘यो समूह ठूलो चूनौति होईन’

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि धेरै समय नटिक्ने दाबी गरेका छन् । सरकार शान्ति-सुरक्षाका विषयमा गम्भीर रहेको भन्दै उनले विप्लव समूहले गर्दै आएको विध्वंसात्मक गतिविधि छिट्टै अन्त्य हुने बताए ।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत पुगेका गृहमन्त्री थापाले पत्रकाहरूसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् । उनले विप्लव समूह ठूलो चुनौती नभएको स्पष्ट पारे ।

‘विप्लव चुनौती त होइन, राष्ट्रको सुरक्षा चुनौती भने थोरै थपिएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भैइसकेकोले यस्तो खालको समूहले पहिलेको जस्तो सुरक्षामा ठूलै चुनौती भने ल्याउन सक्दैन।’

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्