Logo
१९ बैशाख २०८१, बुधबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीबन्दै राउत : प्रचण्डसँग छलेर बिहिबार राती नै भएको थियो सरकार-राउतबीच सहमती

काठमाण्डौ : सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन र नेकपा अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारबीच बिहिबार राती नै बलुवाटारमा सहमती भएपनि त्यसको भोली पल्ट अर्थात शुक्रवार दिउँसो सार्वजनिक मात्र गरिएको खुलेको छ ।

यद्यपी उक्त सहमतीबारे शुक्रवार मात्र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइएको बताइएको छ । प्रचण्डले उक्त सहमतीबारे प्रधानमन्त्री ओलीसँग रुष्ट समेत बनेको बताइएको छ ।

प्रचण्डलाई कुनै किसिमको पुर्व जानकारी नगराइकनै ओलीको किचेन क्यमिनेटले मात्र सबै खालको सहमती गरेको प्रचण्ड निकट श्रोतले भन्यो ‘पछि बल्ल थाह भयो यो त एउटा समुहको रणनीति मात्र रहेछ, डा. सिके राउतको राजनीतिक अवतरण पवित्र होइन,योजनाबद्द हो ।’

समाचार श्रोतका अनुसार अदालतबाट रिहा हुन बितिकै राउत आफ्ना सहपाठी चन्दन सिंहलाई लिएर बलुवाटार पुगेका थिए । बालुवाटारमा बिहिबार राती छलफल मात्र भएन सहमतिपत्रमा हस्ताक्षर र आदान प्रदान समेत भयो ।

राति भएको हस्ताक्षरको क्रममा राउतसहित, उनका दाजु जेके, स्वतन्त्र मधेश गठबन्धनका नेता चन्दन सिंह सहभागी थिए । सिंह सदभावनाबाट राजनीति सुरु गर्ने महोतरी निावसी हुन् ।

त्यसैगरी सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा नेता डाक्टर राजन भट्टराई, गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसहित थिए ।

तर प्रचण्ड र उनका निकटतमलाई भने यसबारे कुनै जानकारी गराइएको थिएन । राष्ट्रिय सभाका २ सांसद सिट सहित राउतलाई अर्थमन्त्री युवराज खतिवडा स्टाइलमा सरकारमा सामेल गराउने ओली र राउतबीच सहमती भएको श्रोतको दावी छ ।

बिहिबार रातीको दृष्य

शुक्रवार सार्वजनिक गरिएको हस्ताक्षरित सम्झौता पत्र :

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्