Logo
१९ बैशाख २०८१, बुधबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र सीके राउतबीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्ने अवस्था

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार र सिके राउत बीच शुक्रबार भएको ११ बुँदे सहमति कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् । संयोजक भट्टराईले सहमतिपछि ट्विटमा गर्दै सरकार र सीके राउतबीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्ने बताए।

‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेसी पृथकवादी सिके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकारबीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ’, भट्टराईको ट्विटमा भनिएको छ- ‘बरू २ नं बुँदाको “असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान”भनेको “जनमतसंग्रह”हो कि के हो भोलि गलपासो बन्ला है! सहमतिको दुई नं बुदामा ‘हामी आफ्ना राजनीतिक, समाजिक, आर्थिक लगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं ।

नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई-मधेसलगायत देशका कतिपय स्थानमा रहेको असन्तिष्टहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत छौं ।’ सरकार र मधेशलाई छुट्टै अलग राज्य बनाउने अभियानमा जुटेको राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्