Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीभी परेका व्यक्तिका नाममा बनाइएका नक्कली डकुमेन्टसहित ३ जना पक्राउमा

काठमाडौँ :   प्रहरीले काठमाडौँबाट नक्कली डकुमेन्ट बनाउने ३ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका टोलीले काठमाडौँको महाराजगञ्जबाट डीभी परेका व्यक्तिका नाममा बनाइएका नक्कली डकुमेन्टसहित बिहीबार ३ जनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङ रहेको प्रहरीले जनाएको छ।

उनीहरुका साथबाट प्रहरीले नक्कली सर्टिफिकेट, माइग्रेसन र प्रोभिजनलका साथै राष्ट्रिय परीक्षा बोर्डको नक्कली ट्रान्स्क्रिप्ट बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि सरकारी छाप र दस्तखत किर्तेको मुद्दा चलाइने महाशाखाले जनाएको छ। पक्राउ परेका तीनै जनालाई महाशाखाले आवश्यक कारबाहीको लागि बिहीबारै महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ।

त्यस्तै महानगरीय प्रहरी प्रभाग गोगंबुको टोलीले बिहीबार काठमाडौँको टोखा नगरपालिका ७ मिलनटोलबाट नक्कली प्रमाणपत्रसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा स्याङ्जा हरिनाथ गाँउपालिका ३ घरभई काठमाडौँ तारकेश्वर नगरपालिका फुटुङ बस्ने ५० बर्षीय गोपाल पौडेल छन्।

पौडेलले सञ्चालन गरेको साईबरबाट विभिन्न व्यक्तिको नाम रहेको प्रमाण पत्रहरू, छापहरू, पेनड्राईभ, सामसुङ कम्पनीको युपिएस र ब्रिजर कम्पनीको प्रिन्टर समेत बरामद गरेको छ। प्रहरीले पक्राउ परेका पौडेललाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्