Logo
१९ जेष्ठ २०८१, शनिबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बसबारे म र मन्त्रालयलाई थाहा छैन : मन्त्री महासेठ

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ वटा विवादास्पद विद्युतीय बसबारे आफूलाइ थाहा नभएको बताएका छन् । उनले भौतिक मन्त्रालयले वरु ३ सय विद्युतीय बस खरिदका लागि मापदण्ड बनाउन २ वटा कार्यदल बनाएको उल्लेख गरे ।

बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री महासेठले त्यसबारे आफ्नो मन्त्रालयलाई केही पनि जानकारी नभएको बताए ।

सांसदहरुले केही महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सो बस भारत वा चीन कहाँबाट खरिद गरेको भन्ने प्रश्नमा मन्त्री महासेठले भने, ‘त्यो बसबारे हामीलाई केही पनि जानकारी छैन ।

त्यो बस खरिद गर्न प्राइभेट सेक्टरले खर्च गर्यो वा अरुले खर्च गर्यो, कहाँ किन्यो कहाँ चलाइँदैछ, हामीलाई केही पनि थाहा छैन । यो हाम्रो कार्यक्षेत्र भन्दा बाहिरको विषय हो ।’

विद्युतीय बस कसरी खरिद गर्ने भन्नेबारे छलफल चलिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्