Logo
१९ बैशाख २०८१, बुधबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओस्कारमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट घोषित : कुन विधामा कसले जिते अवार्ड ?

यो वर्षको एकेडेमी अर्थात ओस्कार अवार्डमा ग्रीन बुक सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जलसमा नेपाली समय अनुसार सोमबार बिहान भएको ९१ औँ संस्करणको ओस्कार अवार्डमा रोमालाई पछि पार्दै ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । तर सर्वोत्कृष्ट निदेर्शक भने रोमाका अलफोन्सो कुरोन बनेका छन् ।

अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित यस चलचित्रले बाजी मारेको हो । ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार जित्यो । यस चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते । यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए । अवार्ड पाएपछि उनले आफ्नी आमालाई धन्यवाद दिएका छन् भने दिबंगत बाबुलाई सम्झेका छन् । सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए ।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन् । उनले चारपटक बि्रटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन् । यो विधामा यसपाली ‘द वाइफ’ बाट ग्लेन क्लोजलाई प्रमुख दावेदार ठानिएको थियो ।

यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् ।

यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्टि्रट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ ।

 

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्रः ग्रीन बुक

सर्वोत्कृष्ट अभिनेत्रीः ओलिभिया कोलम्यान (द फेभरेट)

सर्वोत्कृष्ट अभिनेताः रामी मलिक (बाहिमियन राप्सोडी)

सर्वोत्कृष्ट निर्देशकः अलफोन्सो कुरोन (रोमा)

सर्वोत्कृष्ट सह–अभिनेताः माहर्शला अली (ग्रीन बुक)

सर्वोत्कृष्ट सह–अभिनेत्रीः रिजाइना किङ्ग (इफ बिल स्ट्रिट कुड टक)

सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्लेः निक भेलालोन्गा, ब्राइन कारी र पिटर फरिली (ग्रीन बुक)

सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्लेः स्पिक ली, डेविड रविनोविट्ज, चार्ली वाचटेल र केविन विमोट (ब्ल्याकक्लान्सम्यान)

सर्वोत्कृष्ट एनिमेटेड चलचित्रः स्पाइडरम्यानः इनटू द स्पाइडर भर्स

सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रः रोमा (मेक्सिको)

सर्वोत्कृष्ट डकुमेन्ट्री फिचरः फ्री सोलो

सर्वोत्कृष्ट ओरिजिनल सङ्गः स्यालो (अ स्टार इ बर्न)–लेडी गागा, मार्क रोन्सन, एन्थोनी रोसोमान्डो र एन्ड्रयु वायट

सर्वोत्कृष्ट ओरिजिनल स्कोरः लुड्विग गोसान्सन (ब्ल्याक प्यान्थर)

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः हाना बिचलर र जे हार्ट (ब्ल्याक प्यान्थर)

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः रुथ इ कार्टर (ब्ल्याक प्यान्थर)

सर्वोत्कृष्ट सिनेम्याटोग्राफीः अलफोन्सो कुरोन (रोमा)

सर्वोत्कृष्ट भिजुअल इफेक्ट्सः पउल ल्यामबर्ट, इयान हन्टर, ट्रिस्तान माइलेस र जेडी स्कावाल्म (फर्स्ट म्यान)

सर्वोत्कृष्ट मेक अप एण्ड हेयरः ग्रेग क्यानोम, केट किस्कोइ र प्याट्रिसिया डिहानी (भाइस)

सर्वोत्कृष्ट ध्वनी सम्पादनः जोन वारहर्स्ट र निना हार्टस्टोन (बाहिमियन राप्सोडी)

सर्वोत्कृष्ट ध्वनी मिक्सिङः पउल मेस्सी, टिम काभाजिन र जोन कासाली (बाहिमियन राप्सोडी)

सर्वोत्कृष्ट चलचित्र सम्पादनः जोन ओटम्यान (बाहिमियन राप्सोडी)

सर्वोत्कृष्ट एनिमेटेड छोटो चलचित्रः बाओ

सर्वोत्कृष्ट छोटो अवधिको वृतचित्रः पिरिओड, इन्ड अफ सेन्टेन्स

सर्वोत्कृष्ट लाइभ एक्सन सर्टः स्कीन

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्