Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीले धोए सफाई कर्मचारीकाे खुट्टा (भिडियो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार उत्तरप्रदेशको एक दिवसिय दौडमा सहभागी भए । उनले प्रयागराजमा चलिरहेको कुम्भ मेलामा डुबुल्की मार्गै गंगा माताको पूजा अर्चना गरे । सोही समारोहमा प्रधानमन्त्री मोदीले एकजना सफाई कर्मचारीको खुट्टा धोएर उनीप्रति आभारी व्यक्त गरे ।

मोदीले एउटा कार्यक्रममा सफाई मजदुरहरुको सम्मानका हुन् । मोदीले पित्तलको थाल राखेर कामदारहरुको खुट्टा धाेएका हुन् ।  उनले पालैपालो ती कामदारहरूको मिचिमिचि खुट्टा धोएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ ।

खुट्टा धोइसकेर उनले कामदारलाई निहुरिएर प्रणाम गरे । यति मात्र होइन, सफा तौलियाले खुट्टा पनि पुछिदिए । यी ककामदार कुम्भ मेलाको आयोजनामा खटिएका थिए ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गान्धीपछि कुनै नेताले जनताप्रति यति ठूलो समर्पण देखाएको भन्दै यसर्लाइ नयाँ युगको सुरुवातका रुपमा व्याख्या गरेका छन् । भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ ।

भिडियो :

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्