Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढिले गराए स्वास्थ्य परीक्षण

काठमाडौं : सामाजिक संस्थाले नक्सालमा आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय जना भन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् ।

नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न नसक्ने सर्वसाधारण तथा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा बिपी कोइराला लायन्स अध्ययन केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, फेमिली डेण्टल सोलुसनका चिकित्सकले आँखा, दाँत र सामान्य परीक्षण गरी निःशुल्क सेवा उपलब्ध गराएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै कामपाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्र भएका निजी अस्पताल सञ्चालकले गरीब तथा विपन्न वर्गका लागि निःशुल्क उपचारका साथै सहुलियत उपलब्ध गराउनका लागि गृहकार्य भइरहेको बताए ।

उनले महानगरभित्रको ऐतिहासिक महत्वका प्राचीन सम्पदा संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम भइरहेको जानकारी गराए । कामपा-१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले पूर्वाधर निर्माण तथ स्थानीय मठमन्दिरको संरक्षण तथा स्थानीय विकासका लागि आफू प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ चिकित्सक डा विपीन नेपालले स्वस्थ्य जीवनका लागि शारीरिक व्यायाम गर्नुपर्ने, धूम्रपान तथा मदिराको सेवन गर्न नहुनेमा जोड दिनु पर्ने बताए ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्