Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु प्रदेश २ मा जलायो

लहान : प्रदेश २ स्थित अज्ञात समूहले शुक्रबार बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् ।

लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट, साप्ताहिक, शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो ।

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भने, ‘म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।’

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौँ पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्