Logo
२३ बैशाख २०८१, आईतबार
(February 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य जीवनयापनमा पूर्वराजा ज्ञानेन्द्र शाह : आफैंले गाडी चलाएर कोमलकाे बिदाई (फोटोफिचर)

झापा : पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज सामान्य जीवनयापनमा देखिन थालिएका छन् । बिहीबार दिउँसो झापाको चन्द्रगडी विमानस्थलमा देखिए । बिहीबार दिउँसो आफैंले गाडी चलाएर पूर्व रानी कोमलसँगै ज्ञानेन्द्र विमानस्थल पुगेका हुन्।

पूर्वरानी कोमल काठमाडौं फर्किनु पर्ने भएपछि उनलाई विमानस्थल छाड्न ज्ञानेन्द्र पुगेका हुन् । कोमल श्री एयरको विमानमा काठमाडौं फर्किएकी छन् ।

कोमललाई विमानस्थलमा छाडेर ज्ञानेन्द्र आफ्नै निवासमा फर्किए । काठमाडौंमा भदाहरुको विवाहमा सहभागी हुन कोमल फर्किएको पूर्वराजा ज्ञानेन्द्रका श्वकीय उप सचिव दिपक श्रेष्ठले जानकारी दिए ।

उनीहरु गत माघ २४ गतेदेखि झापाको दमकस्थित चिया वगानमा रहेको आफ्नै निवासमा बसिरहेको श्रेष्ठले जानकारी दिए । यो समयमा उनीहरु कुनै पनि औपचारिक कार्यक्रममा भने सहभागी भएनन् । चैतको दोश्रो सातासम्म दमकमै बस्ने बताइएको छ ।

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्