प्रदेश २ का १० वर्षीया बालिका बलात्कार गर्न खोज्ने भारतीय नागरिक ठाकुर पक्राउ
धनुषा : प्रदेश २ को राजधानी स्थित जनकपुरमा एक १०वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।
जबरजस्ति करणी गर्न खोजेको आरोपमा भारत जिल्ला बेतिया जमुनिया ग्राम पञ्चायत ३ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका संजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका १२ घर भएकी १० वर्षकी बालिकालाई घर पुर्यादिन्छु भनि राराब क्याम्पस अगाडीको खालि जग्गामा लगेर जवरजस्ती करणी गर्न खोजेको आरोपमा ठाकुरलाई आईतवार साँझ पक्राउ गरेको हो ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।