Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलितलाई जीवनयापन गर्नसक्ने भूमि उपलब्ध गराउन सांसदले गरिन् सरकारसँग माग

काठमाडौं : भूमिहिन दलितलाई जीवनयापन गर्नसक्ने भूमि उपलब्ध गराउन संघीय संसद प्रतिनिधिसभा सदस्य विमला नेपाललीले सरकारसँग माग गरेकी छन्। संविधानले नै भूमिहिन दलितहरूलाई राज्यले एकपटक भूमि उपलब्ध गराउने व्यवस्था अनुसार सरकारले काम गर्नुपर्ने नेपालीको माग थियो ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद नेपालीले भूमिहिनसम्बन्धी ऐन पारित भएको तर नियमावली बनाउने क्रममा देशभर एकै प्रकारको व्यवस्था लागू गर्ने नियत देखिएको बताइन्। सांसद नेपालीले काठमाडौं र हुम्ला जुम्लामा एउटै प्रकारको व्यवस्था लागु गर्न नहुने बताइन् । उनले दलितहरूलाई पुग्ने गरी भूमि उपलब्ध गराउनुपर्ने माग गरिन्।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्