Logo
९ जेष्ठ २०८१, बुधबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा : दफावार छलफलका लागि चार विधेयक विधायन समितिमा

काठमाडौं : संघीय संसद राष्ट्रियसभाले चार विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त निवृत्तिभरणकोष विधेयक, नागरिक लगानी कोष दोश्रो संशोसन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो ।

राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले तीन विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो । सूचना, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको तर्फबाट अर्थमन्त्री खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए ।

बैठकको शुरुमा सचिव राजेन्द्र फुँयालले राष्ट्रियसभाबाट पारित भएर संदेशसहित प्रतिनिधिसभामा पठाइएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग दोश्रो संशोधन विधेयक, २०७५ प्रतिनिधिसभाको २३ गतेको बैठकबाट संशोधन बिना पारित भएको सन्देश प्राप्त भएको जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ २९ गते मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्