Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची आयोजना : ठेकेदार कम्पनीसँग अझै छलफल, कम्पनी भाग्न खोजे सरकार चुप नबस्ने

काठमाडौं : सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी भाग्न खोजे सरकार चुप लागेर नबस्ने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार मन्त्री बाँस्कोटाले मेलम्ची खानेपानी योजनालाई पूरा गर्न सरकार तत्पर रहेको र त्यसका लागि आवश्यक काम भइरहेको बताएका हुन् ।

मेलम्ची खानेपानीको ठेकेदार कम्पनी सिएमसीले आयोजना बीचमै छोडेर जान लागेको छ। यसै बारेमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री बाँस्कोटाले यो परियोजना देश र काठमाडौं उपत्यकाका लागि महत्वपूर्ण भएकाले सरकार चुप लागेर नबस्ने बताएका हुन् । मेलम्ची खानेपानी काठमाडौं र देशको महत्वपूर्ण परियोजना हो ।

उनीहरू छोडेर गएपनि सरकारको यसमा भइरहेको खर्च केही पनि बिग्रिदैनु,मन्त्री बाँस्कोटाले भने, हामी अन्य कुनै बाटोबाट जो कसैलाई दिएर छिट्टै समाधान गर्छौँ । सम्बन्धित मन्त्रालयले काम गरिरहेको छ । हामी चुप लागेर बस्ने र जेसुकै होस् भनेर लाग्दैनौँ। सम्झौता अनुसार काम गर्छौं । मन्त्री बाँस्कोटाले मेलम्ची खानेपानी परियोजनाको समस्या समाधान गर्न सरकारले ठेकेदार कम्पनीसँग अझै पनि छलफल गरिरहेको बताए । उनले सिएमसीले पूरा गर्नुपर्ने कामपूरा गर्नैपर्ने बताए।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्