Logo
२० बैशाख २०८१, बिहीबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले टी–२० सिरिज जित्दै बनायो इतिहास, युएई १४ रनले पराजित

काठमाडौं– तेस्रो तथा निर्णायक टी–२० खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले इतिहास रचेको छ। नेपालले पहिलो पटक टी–२० सिरिज जितेर इतिहास बनाएको हो। 

आइतबार दुबईको आइसिसी एकेडेमीमा नेपालले दिएको १  सय ५ रन लक्ष्य पछ्याएको युएईले वर्षा कारण घटाइएको १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो। 

पहिलो ओभरमा सन्दीप लामिछानेको ओभरमा २० रन खाएको नेपालले पछिल्लो पाँच ओभरमा युएईका ६ विकेट लिँदा ३२ रन मात्र खर्चिएको थियो। 

यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १-१ को बराबरी गरेको थियो। 

१० ओभरमा घटाइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो। 

नेपालका लागि कप्तान पारस खड्काले २९ रन र सन्दीप जोराले २८ रनको योगदान दिए। ओपनिङमा आएका कप्तान पारसले १४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सन्दीपले ११ बलमा ३ छक्का प्रहार गरेर नेपालको इनिङ उकासेका थिए। विनोद भण्डारीले १३ बलमा १० रन जोडे भने करण केसीले ५ बल खेल्दा १ छक्का हिर्काएर १० रनको योगदान दिए। 

ओपनिङमा आएका पवन सर्राफ खाता नै खोल्न नपाइ चौथो बलमा आउट भएका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन जोडेर आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी २ रनमै पेभिलियन फर्किएका थिए। 

बलिङमा युएईका कप्तान मोहमद नावीद, सुल्तान अहमेद र अमिर हायतले २–२ विकेट लिए। 

अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २-१ जित्दै इतिहास बनाएको थियो। पहिलो पटक एकदिवसीय सिरिज जित्ने क्रममा नेपालले पछिल्ला २ खेलमा जित हात पारेको थियो। अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेर इतिहास बनाएका थिए। 

नेपालले यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त सिरिजका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१  ले गुमाएको थियो। 

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्