Logo
२३ बैशाख २०८१, आईतबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निकिता पौडेल बैठकमा अनुपस्थित, मन्त्री बास्कोटा आक्रोशित

काठमाडौं : आइतबार मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा ‘एक्सन’मा उत्रने भएका छन् ।

मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो ।

तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित बनेका हुन् । ‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन रु’ मन्त्रीले यस्तो प्रश्न गरेपछि सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिएकी थिइन् ।

त्यसपछि ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन’ भन्दै मन्त्री बास्कोटाले निर्देशन दिएका थिए । निकितालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्