Logo
२३ बैशाख २०८१, आईतबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले संसदको बल नकरात्मक ठाउँमा प्रयोग गरेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकारले संसदको बल नकरात्मक ठाउँमा प्रयोग गरेको आरोप लगाएका छन् । संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद थापाले सरकारले दुई तिहाईको बल डा. गोविन्द केसीको अनशन तोडाउन र मेडिकल माफियाहरूलाई पोस्नका लागि दुरुपयोग भएको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसले संघीय संसद प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने जानकारी दिन विशेष समय लिएर बोलेका थापाले नेपाल सरकारलाई व्यांगात्मक रूपमा बधाई दिएका हुन् । थापाले डा. केसीका कारण सयौं विद्यार्थी विदेशका क्याम्पसमा मेडिकल शिक्षा पढ्न गएर ठगिनबाट बचेको, भाडाका बिरामी र डाक्टर ल्याएर सिट क्षमता पाउने गरेका मेडिकल कलेजलाई रोकिएको र २०० सिट क्षमता पाउनेले १०० सिटको क्षमता मात्रै पाएको, एक करोड पुग्न लागेको मेडिकलको पढाइ ५० लाखमा झारेको भए पनि सरकारले भने डा. केसीलाई पराजित गरेको भन्दै बधाई दिएका हुन् ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर मेडिकल माफियालाई खुसी बनाएको एवं डा. केसीलाई पराजित गरेर लोकमानसिंह कार्कीलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन् । थापाले भने, दुई तिहाईको दम्भ देख्नै पाएका थिएनौँ । अनाथ बालबालिकाका निम्ती कानुन बनाउने अवसरमा दुई तिहाई देख्न पाइएको थिएन। शिक्षामा राज्यको भूमिका बढाउन दुई तिहाई देख्न पाइएन । कमरेड मनमोहनको लागि दुई तिहाई देख्न पाइएन । कमरेड मार्सीमोहनको लागि दुई तिहाई देख्न पाइयो । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा भाषण गरेको तर सरकारको काम जनताको जीवनमा नदेखिएको बताएका छन्। उनले जनतामाझ प्रधानमन्त्रीको विस्वास गुमेको बताए । उनले भने, दुई तिहाईले सुतेको डाक्टरलाई उठाइदियो । यहाँ त प्रधानमन्त्रीको विश्वास ढल्यो कसले उठाइदिने ? विस्वासमा डढेलो लाग्यो कसले पानी हालिदिने ?

सरकारले शान्तिसुरक्षाको व्यवस्था गर्न असफल भएको थापाको आरोप थियो ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्