Logo
२३ बैशाख २०८१, आईतबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, प्रदेशसभाको अधिवेशन आह्वान पत्र सभामुखले सुनाउने

विराटनगर : प्रदेशको नाम र राजधानीको टुंगो लगाउने अपेक्षा गरिएको प्रदेश १ सभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको अधिवेशन आह्वान गरेको पत्र पढेर सभामुखले सुनाउनेछ ।

आजको बैठकमा सबै राजनीतिक दलका संसदीय दलका नेताले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । सरकारले नाम र राजधानीको विषय टुंगो लगाउने घोषणा गरेकोले यो अधिवेशनलाई निकै महत्वसाथ हेरिएको छ । यो अधिवेशनबाट नाम र राजधानीको टुंगो लगाउने र कम्तिमा १३ वटा विधेयक सचिवालयमा पुगिसकेको छ ।

यो अधिवेशनबाट संसदीय समितिको नेतृत्व पनि चयन गर्नुपर्ने दायित्व छ। विषयगत समितिलाई मिनी संसद भनिन्छ। संसदमा विधेयकमाथि कुनै संशोधन परे दफावार छलफलका लागि समितिमा पठाउने गरिन्छ । प्रदेशसभाले ७ वटा विषयगत समिति गठन गरेको भए पनि सभापति चयन हुन सकेको छैन ।

सभापति चयन नहुँदा समिति सक्रिय हुन नसकेको देखिएको छ । राजधानी र नामको विषयमा राजनीतिक दललाई प्रस्ताव ल्याउने गरी काम थाल्न सरकारले तयारी गरेको छ । प्रदेश १ ले यसअघिको अधिवेशनबाट २३ वटा कानुन निर्माण गरेको थियो । अब १३ वटा विधेयक तयार भए पनि संघीय सरकारले नबनाएकोले शिक्षा, प्रदेश प्रहरी र प्रदेश लोकसेवाको विधेयक भने अगाडि बढेको छैन । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएक सदस्य छन् ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्