Logo
१९ बैशाख २०८१, बुधबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र UAE बीचको अन्तिम खेल सुरु हुनुअघि वर्षा र च्याट्याङ

काठमाडौं : आइतबार टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल सुरु हुनु अघि नै UAE मा वर्षा र चट्याङ परेको छ । वर्षा र चट्याङका कारण खेल केही बेर ढिलोगरी सुरु हुने भएको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा पानी परिरहेको छ । वर्षाकै कारण खेलाडीले वार्मअपसमेत गर्न पाएनन् ।

तीन खेलको टी-२० सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आइतबार UAE सँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा UAE सँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

सिरिजमा नेपाल र UAE १-१ खेल जित्दै बराबरीको अवस्थामा छन् । दुबै टिम आजको खेलमा जित हासिल गर्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्