Logo
१८ बैशाख २०८१, मंगलबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग पुरा भएसँगै कांग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने भएको छ । डा. केसीको अनशन अन्त्य भएको र काँग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले काँग्रेसले संसद् बैठकमा अवरोध नगर्ने भएको हो ।

डा. गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै काँग्रेसले यसअघि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो । संसद आफूहरूले दिएको दबाबकै कारण तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले सङ्घीय सरकार मातहत ल्याएको काँग्रेसका सांसद बद्री पाण्डेले बताए ।

त्यसैले आइतबार बोलाइएको सङ्घीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक अवरोध नगरिने उनले जानकारी दिए। संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेपछि बस्ने गरी बोलाइएको छ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्