Logo
१९ बैशाख २०८१, बुधबार
(February 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघको कब्जामा प्रधानमन्त्री कार्यालयका सचिव चढेको गाडीको चाबी

काठमाडौं- नेपाल विद्यार्थी संघका कार्यकर्ताले आज काठमाडौंमा दुई वटा सरकारी गाडीको चाबी नियन्त्रणमा लिएका छन्।

प्रधानमन्त्री कार्यालयका सचिव चढेको गाडीको चाबी उनीहरुले कब्जामा लिएका हुन्। शनिबार बिदाका दिन चलाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव शिशिरकुमार ढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी कार्यकर्ताले खोसेका हुन्। यस्तै मे १झ १५१ नम्बरको गाडीको चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन्।

संघले पूर्वघोषित आन्दोलन अनुसार शनिबार सरकारी गाडी चल्न नदिने जनाएको थियो।

संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा सडकमा सरकारी गाडीहरुको चाबी नियन्त्रणमा लिइएको हो। सिंहदरबारबाट लाजिम्पाट जाँदै गरेको गाडीको चाबी लिइएको संघका नेता निरञ्जन थापाले जानकारी गराए। 

पाँच बजेसम्म गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाउने केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए। आजै नेविसंघ कार्यकर्ताले कास्कीका जिल्ला शिक्षा अधिकारी चढ्ने गाडी जलाएका थिए।

प्रकाशित मिति: Feb 2, 2019

प्रतिक्रिया दिनुहोस्