Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी माग जायज रहेको भट्टराईको ठहर

धनकुटा : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी माग जायज रहेको बताएका छन् । वार्ता गरेर सरकार केसी मिल्नुको विकल्प नरहेको संयोजक भट्टराईको भनाई थियो ।

नयाँ शक्तिले गत माघ १५ गतेबाट सुरु गरेको जनसम्वाद यात्राका क्रममा धनकुटा आइपुगेका संयोजक डा। भट्टराईले पत्रकार भेटघाटमा त्यस्तो बताएका हुन् । उनले कुनै देशको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नहुने भन्दै भेनेजुयलाको विषयलाई लिएर ध्रुवीकरण हुन नहुने बताए ।

अहिले दक्षिणपन्थी र बामपन्थी दुईतिर ध्रुवीकृत भएकाले यी दुवै शक्ति सफल नहुने भएकाले त्यसभन्दा माथिबाट उठेर सोच्नुपर्ने बेला आएको बताए । एक अर्को प्रशंगमा नेता भट्टराइले केन्द्रीयतावादीको हातमा सत्ता रहेकाले संघीयतामा समस्यामा परेको बताए ।

‘लोकतन्त्र व्यवहारमा नआएकाले सच्याउने प्रयत्न भइरहेको छ’ उनले भने, ‘स्थानीय तह बलियो नभएसम्म लोकतन्त्र आएको भन्न सकिदैन ।’ देशमा बढ्दो अनिमितता र भ्रष्टाचारले जनतामा राजनीतिप्रति वितृष्णा आएको हुनाले जनसम्वाद यात्रा चलाएको उनको भनाई थियो।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्