Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब दुई राप्रपा संयुक्त भएर जाने, पार्टी एकताका लागि कार्यक्रम आयोजना गर्दै

काठमाडौं : राप्रपा राष्ट्रवादीका नेता डा.प्रकाशचन्द्र लोहनीले अब दुई राप्रपा संयुक्त भएर जाने बताएका छन् । उनी नेतृत्वको राप्रपा र पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको पार्टी एकता घोषणा समारोहमा उनले यस्तो बताएका हुन् । दुइ राप्रपाले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पार्टी एकता गर्दैछन् ।

उनले पार्टी मूल्य र मान्यताको जगमा अघि बढ्ने पनि बताए । राष्ट्रलाई बुद्ध र हिन्दु धर्मको सम्मानसहित धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हाम्रो एजेन्डा हो, उनले भने, यो पहिचानलाई संरक्षण गर्नुपर्छ । हिन्दुको विषय पुरातनवादी भन्छन् तर आफ्नो संस्कृति जोगाउनु कहिल्यै पुरातनवादी हुँदैन ।

नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्छ भन्ने हाम्रो माग हो । उनले एक्काइसौँ शताब्दी जनताले शासन गर्ने समय भएको पनि बताए । साथै आफूहरूले त्यसलाई अंगिकार गर्ने तर नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको बताए । राजसंस्थालाई अभिभावकको रूपमा प्रयोग गरेको देशमा स्थिरता रहेको पनि उनले बताए ।

अहिले नेपालमा अभिभावकत्व दिने संस्था पार्टी भएका छन् । ओली प्रधानमन्त्री हुँदा संसदीय मान्यतालाई लत्याउँदै सिधै प्रधानमन्त्री बनाइयो किन यसो गरियोरु किनकि राष्ट्रपति पार्टीको सदस्य हो, उनले भने, हामी भ्रष्टाचार विरुद्धको लडाईँमा अघि बढ्छौँ । साथै उनले भ्रष्टाचारको संस्कार नेपालको दुस्मन रहेको बताए ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्