Logo
२३ बैशाख २०८१, आईतबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको जीवनरक्षाको माग गर्दै पुन: आन्दोलन, आकस्मिकबाहेकका सबै सेवा ठप्प

काठमाडौं : डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन थालेका छन् । नेपाल चिकित्सक संघले देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थालाई आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ ।

संघको हिजो बसेको आकस्मिक बैठकले सरकारका कारण डाक्टर केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । चिकित्सकहरूले अकास्मिक बाहेकका सेवा नदिने भनेपछि बिरामी मर्कामा परेका छन् ।

अस्पतालमै भर्ना भएर उपचार गराइरहेका र बिहानै अस्तालमा उपचारका लागि पुगेका बिरामी उपचार सेवाबाट बञ्चित भएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले भने नेपाल चिकित्सक संघको आन्दोलनमा कुनै समर्थन नरहेको जनाएको छ ।

चिकित्सा शिक्षा विधेयक पारित भएकोमा स्वागत गर्दै राष्ट्रिय चिकित्सक संघ र प्रगतिशील संघले आन्दोलनमा सहभागी नहुने विज्ञप्तिमार्फत जनाएको हो । एक अभियन्ताको जीवन रक्षा गर्ने नाममा अति संवेदनशील क्षेत्रमा हडताल गरेर चिकित्सक संघले नागरिक र चिकित्सकबीचको दूरी बढाउने काम गरेको दुई संस्थाको ठहर छ । संघकै आह्वानमा सोमबारदेखि चिकित्सकहरू रिले अनशनमा छन् ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्