Logo
२३ बैशाख २०८१, आईतबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा बैठकमाअन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं : बिहीबारको राष्ट्रियसभा बैठकबाट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका सह-प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

बिहीबार बस्ने बैठकमाअन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको अर्यालले बताए । अवरोध र होहल्लाबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा भने रोक्ने कांग्रेसको तयारी छ । प्रतिनिधिसभामा प्रतिपक्षीलाई पेलेर पारित गरेको चिकित्सा विधेयक आज राष्ट्रियसभा बैठकमा पनि पेलेरै अघि बढ्ने मनस्थितिमा सत्तापक्ष छ ।

विधेयक पारित गर्न नदिने र बैठकमा अवरोध गर्ने विषयमा थप रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा संसद अवरोध गर्नेबारे रणनीति बनाउने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्