Logo
२४ बैशाख २०८१, सोमबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बोलाइएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज (बिहिबार) दिउँसो १ बजे बस्दैछ । सत्तापक्षले जवरजस्ती पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म कांग्रेसले संसद चल्न नदिने भएको हो ।

अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता पूर्ण कार्यान्वयन हुनुपर्ने, पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल केन्द्र मातहतमा राख्नुपर्ने लगायत माग पूरा हुनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको कांग्रेसले बुधबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद अवरुद्ध जारी राख्ने बताएको हो।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाएका थिए । प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराद्वारा गरिएको आग्रहलाई काँग्रेसले अस्वीकार गरेपछि आजको बैठक पनि प्रभावित हुने भएको छ ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्