Logo
२४ बैशाख २०८१, सोमबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद दिवस औपचारिकतामै सीमित हुनु दुःखद : पूर्व मन्त्री बस्नेत

सल्यान : शहीद दिवस औपचारिकतामा मात्र सीमित हुनु दुःखद भएको पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले बताएका छन् । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याई पुर्‍याउन बलिदान गर्ने महान शहीदहरुप्रतिको सम्मान औपचारिकतामा समिति गर्नु दुःखद भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा शारदा नगरपालिकाले आयोजना गरेको शहीद दिवस कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले शहीदहरुको मार्ग दर्शनलाई पछ्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अहिलेको चुनौती रहेको बताए ।

उनले भने, ‘निरंकुश जाहानियाँ राणा शासन् फाल्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुले सम्मान गर्न अहिले कन्जुस्याइँ भई रहेको छ । महान् शहीदहरुकै त्याग तपस्या र बलिदानबाट नै देश संघीयतामा गएकाले उहाँहरुको पदचापलाई सधै पछ्याई रहन आवश्यक छ।’

संघीयताको रक्षाको लागि पनि शहीदहरुले देखाएको बाटोलाई आत्मसाथ गर्न आवश्यक रहेको समेत पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्