Logo
२३ बैशाख २०८१, आईतबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकिएको द्वन्द्व फेरि निम्त्याउने प्रयास : शान्ति खल्बलाउनुका साथै समाजमा हिंसा फैलाउने काम हुँदै

काठमाडौं : मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व निम्त्याउने पुनः प्रयास भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो पुनस् द्वन्द्व निम्त्याउने प्रयास भइरहेको भन्दै दुस्ख व्यक्त गरे । सकिएको द्वन्द्व फेरि निम्त्याउने प्रयास भएको छ । द्वन्द्वको घाउमा मल्हम लाउनुको सट्टा झन बल्झाउने, शान्ति खल्बलाउने, समाजमा हिंसा फैलाउने काम हुँदैछ, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता तोड्ने राष्ट्रियता बिरोधी कुनैपनि देशद्रोही काम देशले नसहने बताए। मुलुकमा अहिले जनताको सरकार आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता बिरोधी गतिविधि सह्य नहुने जिकिर गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी गराए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताए। भ्रष्टाचार सहिँदैन, म गर्दिन र गर्न दिन्न । कसैले गरेको पाए अनुहार हेरेर व्यवहार हुँदैनु, उनले भने । अख्तियारलाई इङकित गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न हातमा अधिकार लिएर बसेकाले स्वयम् भ्रष्टाचार गरेकोमा चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्