Logo
१८ बैशाख २०८१, मंगलबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार

काठमाडौं : नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ । ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् ।

बैठकले श्रमिकको भर्ना प्रक्रिया, कार्यस्थल सुरक्षा, लागत खर्चलगायत विषय टुंग्याएको उनले बताइन् । बैठकपछि दुई देशबीच श्रमसम्झौता प्रक्रियाले गति लिएको छ ।ओमनमा करिब २० हजार नेपाली श्रमिक रहेको अनुमान छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्