Logo
२३ बैशाख २०८१, आईतबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका कप्लेश्वर यादव अस्पतालमै

काठमाण्डौ : सरकार विरुद्ध आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट टाउकोमा गभ्भिर चोट लागेका नेपाल बिद्यार्थी संघका महामन्त्री कपलेशवर यादवको स्वास्थ्यमा समान्य सुधार आएको छ । तर केहि दिन अझै उनलाई अस्पतालमै बस्नु पर्ने चिकित्सकहरुले बताएकाछन् ।

सरकार विरोधी प्रर्दशनका क्रममा आइतबार काठमाण्डौ स्थित बानेश्वरमा प्रहरीको कुटाईबाट उनको टाउको फुटेको थियो । उनको टाउकोमा तिनवटा टाका लगाइएको छ ।

बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचाररत रहेका यादवको स्वस्थ्य स्थिती बुझ्न पार्टी सभापती शेरबहादुर देउवा सहित उपसभापती विजयकुमार गच्छदार, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

सरकारको उस्काहटमा आएर प्रहरीले शान्तिपुर्ण विरोधप्रर्दशनमाथी ज्यदती गरेको काग्रेसका नेताहरुले आरोप लगाएका छन् ।

उनलाई भेट्न गएका सुनसरी स्थित क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती नेता श्यामलाल मेहताका अनुसार प्रहरीको कुटाईबाट यादवको कान र अनुहारको बयाँ भाग सुनिएको छ भने टाउकोमा तिनवटा टाका लगाइएको छ ।यादव तत्कालिन फोरम लोकतान्त्रिकका विद्यार्थी अध्यक्ष हुन् ।

पार्टी एकिकरण भएपछि उनलाई नेविसंघमा महामन्त्री बनाइएको हो ।आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएका हुन् ।

माइतिघरबाट निकालिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि कांग्रेसका २१ जना कार्यकर्तालाई आइतबार नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्