Logo
२३ बैशाख २०८१, आईतबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक आयोगमा सरकारले गरेको सिफारिसप्रति कांग्रेस सांसदहरुको बिरोध

काठमाडौं : संबैधानिक आयोगका अध्यक्षका लागि सरकारले गरेको सिफारिस प्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले को बिरोध गरेको छ । प्रतिपक्षलाई नसोधी निर्णय गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले बिरोध जनाएका हुन् ।

सोमबारको संसदीय सुनावाइले प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गर्ने कार्यसूची थियो । तर, कांग्रेस सांसदहरूले बिरोध उजुरी आव्हानको निर्णय नभएको समितिका उपसचिव केशव अर्यालाले जानकारी दिए ।

गत माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न पाँचवटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा।विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस भएको छ ।

सुनुवाईको प्रक्रियापछि मात्र आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्