Logo
१६ बैशाख २०८१, आईतबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वटा अनलाइनविरुद्ध रञ्जुको उजुरी, भ्रामक समाचार लेखेको आरोपमा पुन एकजना पत्रकार पक्राउ

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक र नेता रञ्जु दर्शनाका बारेमा भ्रामक समाचार लेखेको आरोपमा पुन एकजना पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्यापिटल हेडलाई डटकमका सम्पादक गोरखा गण्डकी नगरपालिका ३ का सुमन अधिकारी रहेका छन् ।

उनलाई अपराध महाशाखाको टोलीले बिहीबार नयाँबजारबाट पक्राउ गरेको हो । यस अघिपनि रञ्जु दर्शनाका बारेमा भ्रामक समचार प्रकाशन गरेको भन्दै प्रहरीले मुक्ति मिडिया प्रालि र नेपाल डक डटकम अनलाइनका संचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का श्याम रोकालाई पक्राउ गरेको थियो ।

उनीहरू दुबै जनामाथि विद्युतीय अपराधअन्तर्गत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

गत शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै रञ्जुले आइतबार ५ वटा अनलाइनविरुद्ध अपराध महाशाखामा उजुरी दिएकी थिइन्।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्