Logo
२४ बैशाख २०८१, सोमबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण भारतीय फिल्म हास्यकलाकार ब्रह्मानन्दमको मुटुको शल्यक्रिया सम्पन्न

एजेन्सी :  दक्षिण भारतीय फिल्महरुमा हास्यकलाकार रहेका ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया सम्पन्न भएको छ। मुम्बईस्थित एसियन हार्ट इन्स्टिच्युटमा उपचार गराई रहेका उनलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि छोराहरुले तुरुन्तै अस्पताल पुरयाएका थिए ।

स्वास्थ्य परीक्षणमा मुटुमा समस्या देखिएपछि उनको सर्जरी गरिएको भारतीय संचार माध्यमहरुले बताएका छन । चर्चित मुटु सर्जन रामाकान्त पान्डाले उनको शल्यक्रिया गरेको जनाइएको छ । शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निगरानीको लागि अझै केही दिन अस्पतालमा राखिने उनको परिवारीक श्र्रोतले जनाएको छ ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्