Logo
१६ बैशाख २०८१, आईतबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ यस हप्ताको राशिफल

मेष
यो साता काममा उन्नति, प्रगति हुनेछ। नयाँ कार्यको थालनी होला। विद्या, बुद्धि बढ्नेछ। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ। आर्थिक समृद्धिको बाटो प्रशस्त रूपमा खुल्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। परिवार र साथीभाइबीच भने सामान्य मनमुटावको स्थिति बन्ने देखिन्छ।

वृष
साता निकै राम्रो छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ने देखिन्छ। स्वास्थ्यमा केही सुधारका योगहरू बन्लान्। नयाँ कार्यको थालनीको योग बन्ने देखिन्छ। कृषि क्षेत्रमा लाभ छ। दाम्पत्य जीवनमा खुसी, उत्साह र उमङ्ग बढ्नेछ। धार्मिक कार्यमा सरिक हुनुहुने साता रहेको छ।

मिथुन
दाजुभाइ, कुलकुटुम्बको सहयोग प्राप्त होला। अचानक यात्राको योग बन्न सक्नेछ। खेलकुदमा लाभको साता छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम छ। व्यापार, व्यवसायमा सामान्य लाभ होला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। इष्टमित्रको सहयोगद्वारा नयाँ कार्यको थालनी हुने देखिन्छ। विद्या, बुद्धि बढ्ला। मातापिताको स्वास्थ्यमा केही समस्या हुने देखिन्छ।

कर्कट
साता निकै राम्रो देखिन्छ। नयाँ कार्यको थालनी होला। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। सन्तान सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। केही पारिवारिक झैझमेला भए तापनि मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार भने सुल्झिने देखिन्छ। स्वास्थ्यमा अचानक केही समस्याहरू देखापर्न सक्नेछन्। कृषि क्षेत्रमा लाभको साता छ। व्यापार मध्यम देखिन्छ।

सिंह
आयको स्रोत बढ्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। राजनीतिक क्षेत्रमा कार्यको शुभारम्भ हुन सक्नेछ। सञ्चार क्षेत्रमा इज्जत, प्रतिष्ठा बढ्नेछ। जागिरेहरूका लागि साता मध्यम छ। आर्थिक पक्षमा सबलताको साता रहनेछ। बुधबार र बिहीबार इज्जत, प्रतिष्ठा अझै बढ्नेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। सन्तान सुख, शान्ति, समृद्धिको योग बन्नेछ।

कन्या
यो साता स्वास्थ्यमा केही समस्या देखिएला। आँटेका र चिताएका काममा बाधा र अड्चन आउनेछन्। कृषि क्षेत्रमा लाभको साता छ। यात्रा मध्यम छ। लेनदेनमा हजुरले लगानी गरेका विषयमा तनाव हुनेछ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम छ। व्यापार, व्यवसायमा लाभ छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। मातापिताको आशीर्वादले नयाँ कार्यको थालनी हुने देखिन्छ।

तुला
घरमा शुभ कार्यहरू बढ्ने देखिन्छ। मठ-मन्दिरको दर्शनले शरीरमा भएका सामान्य रोगहरू पनि नाश भएर जाने अवस्था देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम छ। हजुरले गर्न खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ। घर, जग्गा, जमिन र नयाँ सवारी साधनको योग बन्ने देखिन्छ। दाजुभाइ र परिवारको सहयोग प्राप्त हुनेछ। पतिपत्नीबीच केही अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्।

वृश्चिक
नयाँ कार्यको थालनी हुने देखिन्छ। जागिरेहरूका लागि साता मध्यम छ। व्यापार, व्यवसायमा लाभ छ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि भने साता निकै राम्रो देखिन्छ। आर्थिक पक्ष मध्यम छ। केही नचाहिँदा झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछन्। पशु, चौपायामा नोक्सानीको साता देखिन्छ। यात्रा मध्यम छ। दाजुभाइ, कुलकुटुम्बको सहयोग प्राप्त हुने देखिन्छ। विद्या, बुद्धि बढ्ने साता छ।

धनु
यो साता स्वास्थ्यमा केही समस्या देखापर्नेछ। नयाँ कार्यको थालनी होला। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि यो साता राम्रो हुने देखिएको छ। आर्थिक पक्षमा विवाद र झमेलाहरू बढ्न सक्नेछन्। पतिपत्नीबीचको माया, प्रेम र सद्भाव भने राम्रो देखिन्छ। व्यापार, व्यवसायमा मध्यम छ। नयाँ सवारी साधनको योग बन्नेछ। मठ-मन्दिरको दर्शनले हजुरलाई आनन्दको अनुभूति मिल्नेछ।

मकर
मनमा केही विचलन र अप्ठ्यारा पक्षहरू महसुस गर्नुहोला। सवारी साधनमा निकै विचार पुऱ्याउनुपर्नेछ। यात्रा मध्यम छ। यो साता नयाँ कार्यको थालनी भए तापनि कार्यमा केही ढिलासुस्ती हुनेछ। व्यापार, व्यवसायमा नयाँ कार्यको योग बन्ने देखिन्छ। वित्तीय संस्थामा लाभको साता छ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। परिवार र कुलकुटुम्बको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ।

कुम्भ
विद्या, बुद्धि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान बढ्ने देखिन्छ। दाम्पत्य जीवनमा केही कष्ट र समस्याहरू बढ्नेछन्। केही झुटा आरोप, प्रत्यारोप लाग्ने अवस्था देखिएको छ। दाजुभाइ र परिवारका सदस्यबीच माया, प्रेम बढ्ने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। साताको मङ्गलबार, बुधबार र शुक्रबार नयाँ काम आरम्भ गर्दा कार्यमा सफलता मिल्नेछ। साहित्य, सङ्गीत, कलाका सर्जकका लागि साता राम्रो छ।

मीन
स्वास्थ्यमा केही विचार पुऱ्याउनुपर्नेछ। परिवारमा सुख, शान्ति, समृद्धि छाउने देखिन्छ। आर्थिक पक्ष मध्यम छ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान बढ्ने देखिन्छ। अचानक यात्राका योगहरू बन्नेछन्। बुधबार र बिहिबार स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्ला। नयाँ कार्यको थालनी बिहीबार गर्नुभए साह्रै राम्रो हुनेछ। व्यापार, व्यवसाय मध्यम छ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्