Logo
१९ बैशाख २०८१, बुधबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता बनाउन आएका सेवाग्राहीसँग १५ सय घुससहित कम्प्युटर अपरेटर साह पक्राउ

वीरगञ्‍ज : सिमरा बारामा कार्यरत कम्प्यूटर सहायक राजयनारायण साह घुससहित पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रशासन कार्यालय, सिमराले घुस सहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाको टोलीले साहलाई घुसबापत लिएको रकम सहित पक्राउ गरेको जनाएको छ । कम्पयुटर अपरेटर साहले कार्यालयमा नागरिकता बनाउन आएका सेवाग्राहीसँग घुस बापत लिएको नगद रु १५ सय रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले जानकरी दिएको छ ।

सेवाग्राहीलाई नागरिकता बनादिने विषयमा अर्को जिल्लाबाट विवरण खुलाई पठाउन कागजात माग गर्नका निमित्त साहले रकम माग गरेका थिए । सेवाग्राहीले माग बमोजिमको रकम दिने भनेपछि साहले सेवाग्राहीलाई बारम्वार फोन गरी काम भईसकेको भन्दै नागरिकता लिन कार्यालयमा बोलाएका थिए ।

यता अख्तियार हेटौडाको टोलिलाई सेवाग्राहीले उजुरी गरेपछि अख्तियारको टोलि ईलाका प्रशासन कार्यालयबाट कम्पयुटर अपरेटर साहलाई पक्रा उगर्न सफल भएको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय, हेटौडा लगिएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्