Logo
२३ बैशाख २०८१, आईतबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ औँ अनशन बस्न डा. केसी पुगे इलाम, अनशन बस्न केही व्यक्तिले प्रेरित गरिरहेको मन्त्री पोखरेलको धारणा

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले चिकित्सक डा. गोविन्द केसीलाई केही व्यक्तिले अनशन बस्न प्रेरित गरेको बताएका छन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको उपसमितिमा बोल्दै मन्त्री पोखरेलले डा। केसीलाई अनावश्यक उचालिएको धारणा राखेका हुन् ।

उनले भने, डा. केसीलाई अनशन बस्न केही व्यक्तिहरूले प्रेरित गरिरहेको देखिन्छ । डा. केसी मंगलबार अनशन बस्नका लाग इलाम पुगेका छन् । उनले १६ औँ अनशन बस्न गएका छन् । चिकित्सा शिक्षाका विषय विभिन्न माग राख्दै डा. केसी पटकपटक अनशन बस्दै आएका छन् । डा. केसी यसअघि अनशन बस्न जुम्ला पुगेका थिए ।

मन्त्री पोखरेलले उपसमितिलाई डा. केसीसँग गरेका सहमति अनुसार प्रतिवेदन तयार गर्न पनि आग्रह गरेका छन् । नयाँ मेडिकल कलेज खोल्ने बारेको व्यवस्था डा. केसी र सरकारबीच भएको सहमति अनुसार गरिदिन उपसमितिलाई मन्त्री पोखरेलले माग गरेका हुन्।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्