Logo
२३ बैशाख २०८१, आईतबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाममा डा. केसी अनशन बस्दै, सहमतिअनुसार विधेयक पारित गर्न आलटाल गरेको आरोप

काठमाडौं : आफूसँग भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आलटाल गरेको ठहर गर्दै डा. गोविन्द केसीले आाज (बुधबार) देखि १६औं अनशन सुरु गर्दै छन् । केसीले विधेयक पारित गर्न मंगलबारसम्म समय दिए पनि संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमै विधेयक अड्किएपछि केसी अनशन बस्न हिजो नै इलाम पुगेका हुन् ।

केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अनशनका लागि उनी मंगलबार इलाम प्रस्थान गरेका छन् । चिकित्सा शिक्षा सुधारका लागि अनशनमार्फत सरकारलाई दबाब दिँदै आएका केसीको यो १६औं अनशन हो । यसअघि भैरवबहादुर सिंहको संयोजत्वमा गठित उपसमितिले मंगलबार पनि विधेयकमा सहमति जुटाउने प्रयास गरे पनि सत्तारुढ नेकपा र विपक्षी कांग्रेसको अडानका कारण निष्कर्ष निस्कन सकेन ।

कांग्रेस केसीसँग सरकारले गरेको सम्झौताअनुसार नै विधेयक अघि बढाउनु पर्ने पक्षमा छ भने नेकपा दुईवटा विषयमा फरक ढंगले जानुपर्ने पक्षमा उभिएको छ। एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्ध दिनुपर्ने र सिटिइभिटीबाट पाँच वर्षभित्र प्रमाणपत्र तहभन्दा तलको मेडिकल शिक्षा सम्बन्धी पढाइ बन्द गर्नुपर्ने केसीको मागमा नेकपाका सांसदले असहमति जनाएका छन् ।

यी दुईवटा विषयका कारण विधेयक निष्कर्षमा पुन नसकेको समितिका एक सदस्यले जानकारी दिए । सहमति जुटाउन बुधबार पनि उपसमिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाइएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्