Logo
९ जेष्ठ २०८१, बुधबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं जिल्ला अदालतका खरिदार घुस लिँदादिँदै अख्तियारको फन्दामा

काठमाडौं : काठमाडौं जिल्ला अदालतका डिठ्ठा (खरिदार) घुस रकसम सहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पोख्रेललाई पक्राउ गरेको हो ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस रकम माग्ने खरिदार बिदुर पोख्रेल १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पोख्रेललाई घुस लिइसकेको अवस्थामा काठमाडौंको सोह्रखुट्टेस्थित एसबी फास्टफूडबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्