Logo
२३ बैशाख २०८१, आईतबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकरदेव क्याम्पसमा प्रहरीको ज्यादती, अध्ययनरत विद्यार्थी आन्दोलित

काठमाडौं : जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको भवनमा अध्ययनरत शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । आज बिहान प्रहरीले उक्त भवनमा रहेको क्याम्पसको बोर्ड र क्यान्टिनका सामान जबरजस्ती बाहिर निकालेपछि उनीहरु आन्दोलित भएका हुन् ।

विना सूचना क्याम्पस खाली गर्न खोजिएको र गुण्डागर्दी शैलीमा सामान बाहिर निकालिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि शंकरदेव क्याम्पसका करिब ५ सय भन्दा बढी विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आएका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले बीबीआइएम र एमबीएमका विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्