Logo
२ जेष्ठ २०८१, बुधबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व च्याम्पियन महर्जनलाई प्रचण्डको बधाई, ‘तपाई देशको गौरव’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् । प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा भएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

उक्त अवसरमा प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पार्न सहयोग गरेकोमा बधाई दिए । ‘तपाईले उत्कृष्ट कौशल देखाउनु भयो, यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ,’ उनले भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतिले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।’

आफूले खेल क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको जनाउँदै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए । राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै प्रचण्डले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने बताए ।

खेलाडी महर्जनले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए । प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने बताएका छन्।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्