Logo
६ जेष्ठ २०८१, आईतबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा भारु प्रतिवन्धपछि सीमावर्ती क्षेत्र प्रभावित, गैरकानूनी काम गर्ने बढे

काठमाडौं : सरकारले भारतीय नोटमा लगाएको प्रतिबन्धले नेपालको सीमावर्ती क्षेत्रका नागरिक प्रभावित भएका छन् । मुलतः नेपालको सीमावर्ती क्षेत्रका बाशिन्दाहरु समान किन्न भारतीय बजारमा जान सजिलो हुने भएकाले जाने गरेपनि नोटमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावित भएका हुन ।

यसैबीच भारु नोटमा प्रतिबन्धसँग गैरकानूनी बाटो रोजेर भारु सटही गर्नेहरु पनि बढेका छन् । पर्सा प्रहरीले प्रतिबन्धित भारु भारततर्फ लैजाने क्रममा तीनजनालाई पक्राउ गरेको छ ।

गत मंसिर २९ गते एक जना १ लाख ७० हजार भारु नोटसहित पक्राउ परे । पुस १ गते भारु ५ लाख ६२ हजारसहित थप एक जनालाई पक्राउ गरेको छ । दुबैसँग ५ सय र १ हजारको नोट बरामद भएको थियो ।

बुधवार अपरान्ह ४ बजे को समयमा वीरगंज–१६ ईनार्वा शंकराचायृ गेट नजिकबाट जाँच गर्ने क्रममा भारत विहार पश्चिम चम्पारण बेतियाका प्रदीप भगतको साथबाट भारतीय नोट रू. २००० दरको ४५ थान, रू.५०० दरको १६१ थान,रू.२०० दरको २ थान गरी जम्मा रू.१ लाख ७० हजार ९ सय रुपैयाँ फेला परेको पर्साका एसपी रेवती ढकालले जानकारी गराए ।

उनलाई थप अनुसन्धानको लागिमध्ये क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरीले जनाएको छ । यसअघि पर्सा प्रहरीले कपडाको थैलीमा ५ सयको ११ सय २४ थान गड्डीसहित ५ लाख ६२ हजार भारु वीरगंजबाट रक्सौलतर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धानका लागि पठाएको थियो ।

विहार पूर्वी चम्पारणका ओमप्रकाश साहलाई अवैध भारुसहित पक्राउ गरिएको थियो । भारु तस्करीमा विशेष गरी भारतीय नागरिकलाई ओसारपसारको लागि प्रयोग बढेको प्रहरीको आशंका छ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्