Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग बास लिगमा मेलबर्न स्टार्सकाे पहिलाे जित, सन्दीप सर्वाधिक विकेट लिने खेलाडीकाे शीर्ष स्थानमा

 १२ पुस १२ : नेपालका लेग स्पिनर सन्दीप लामिछानेकाे शानदार प्रदर्शनमा मेलबर्न स्टार्सले बिग बास लिगमा पहिलाे जित दर्ता गरेकाे छ । जसमा  चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर दुई विकेट लिएका हुन् ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे  सिड्नी  सिक्सर्स २० ओभर ब्याटिङ गर्दै १३० रन मात्र बनाउन सक्याे । जसमा जे एस सिल्कले सर्वाधिक ४२ रनकाे याेगदान गरे भने एबाेटले २२ रन,  हियुजले २० रन तथा डेन्लीले १४ रनकाे याेगदान गरे । सिक्सर्सलाई सस्तैमा समेट्न काेलेमनले ३  विकेट, सन्दीप र ब्राभाेले २-२ तथा जाम्पा र म्याक्सवेलले १-१ विकेट  लिए ।

मेलबर्न स्टार्सकाे जितमा पिटर हेन्सकाेब नायक बन्दै खेलकाे म्यान अफ दि म्याच भए । उनले ३५ बलकाे सामाना गर्दै ७० रनकाे याेगदान गरे ।

लिगको तीन खेलमा सन्दीप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् । आफ्नाे डेब्यू खेलमा दुई विकेट लिएर आफ्नो प्रभाव छाडेका उनले दोस्रो खेलमा तीन विकेट लिएका थिए ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्