Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टकाे दाेस्राे दिन भारतलाई ४३५ रनकाे अग्रता

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले दाेस्राे दिनको खेल सकिँदा ४३५ रनकाे अग्रता लिएकाे छ । भारतले १६९ ओभर ४ बलमा ४४३ रन बनाइ इनिङ्ग समाप्तीकाे घाेषण गरेकाे हाे ।

मेलबर्न क्रिकेट ग्राउण्डमा डेब्यु गरेका मायांक अग्रवालले सानदार अर्धशतक सहित ७६ रन बनाए । डेब्यु टेस्टमा अर्धसतक बनाउने उनी सातौ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । ४० रनकाे स्काेरमा हनुमा विहारीलाई व्यक्तिगत ८ रनको अवस्थामा गुमाएको भारतले १२३ रन हुँदा दोस्रो विकेटको रुपमा मायांक अग्रवाललाई गुमायो ।

त्यसपछि  भारतका लागि  चेतेश्वर पुजारा र भारतिय कप्तान विराट कोहलीले १७० रनकाे सझेदारी गरे ।  चेतेश्वर पुजाराले शतकिय पारी खेले । उनले ३१९ बलमा १०६ रनकाे पारी खेलेका थिए भने भारतिय कप्तान विराट कोहलीले ८२ रन बनाए ।

त्यस्तै राेहित शर्माले २०१४ पछि एसिया बाहिर पहिलाे अर्ध शतक बनाउने क्रममा अविजित ६३ रनकाे पारी खेले भने  रिसभ पन्तले ३९ तथा राहणेले ३४ रनकाे याेगदान गरे । अष्ट्रेलियाका लागि कमिन्स ३, स्टार्क २ तथा लायन र हेजल्हुडले १-१  विकेट  लिए ।

 

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्