Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजिल्याण्ड र श्रीलंकाबीचको दोस्रो टेष्टकाे दोस्रो दिन न्यूजिल्याण्ड हावि

न्यूजिल्याण्डका बलर ट्रेन्ट बाेल्टले मात्र ४ रन खर्चेर ६ विकेट लिए पछि श्रीलंका पहिलो इनिङ्गमा १०४ रनमा अल आउट भएको छ । श्रीलंकाको लागि एन्जेलो म्याथ्युज ३३ रन मा अविजित रहे पनि उसका अन्तिम ४ खेलाडी शून्यमा आउट भए । त्यस्तै सिल्भाले २१ तथा मेन्डिजले १५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्ड पहिलो पारीमा मात्र एक सय ७८ रन बनाएकाे  थियाे । उसका एक खेलाडीले मात्र अर्धसतक बनाउन सके । जसमा टिम साउदीले ६८ रन बनाए भने वाटलिङले ४६ तथा रोस टेलरले २७ रनको योगदान गरे । न्यूजिल्याण्डको पारीलाई कम स्कोरमा रोक्न सुरंगा लकमलले ५ तथा लहिरु कुमाराले तीन विकेट लिए ।


पहिलो इनिङ्गमा ७४ रनको अग्रता लिएको घरेलु टोलीले दोस्रो इनिङ्गमा राम्रो शुरुवात गरेको छ । उसका लागि ओपनर राभेल ले ७४ रन तथा कप्तान केन विलियम्सनले ४८ रनको पारि खेले भने अर्का ओपनर लाथम अविजित ७४ तथा टेलर अविजित २५ रनमा क्रिजमा छन् ।

दोस्रो दिनको समाप्तीमा न्यूजिल्याण्डले ३०५ रनको अग्रता लिएको छ ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्