Logo
१७ बैशाख २०८१, सोमबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्याज बढेसंगै बिभिन्न बैंकले बढाए निक्षेप

काठमाडौं :  गत साता ब्याज बढाबढमा लागेका बैंकहरुमध्ये अधिकांशको निक्षेप बढेको छ । तर बढेको निक्षेपमध्ये केही मात्र बैंकिङ प्रणाली वाहिरबाट आएको हो । करिव ९५ प्रतिशतभन्दा बढि निक्षेप एउटाबाट अर्कोमा सरेको वा बैंकिङ प्रणालीमै रहेको पैसा हो । ब्याज बढाएपछि केही नयाँ पैसा आएपनि धेरैजसो अरु बैंकबाट यता सरेको छ ।

ब्याज बढाएपछि हिमालयन बैंकले दुई दिनमै करिव ३ अर्ब रुपैयाँले निक्षेप बढायो । नबिल बैंकले पनि दुई अर्ब रुपैयाँ बढायो कुमारी बैंकको २ अर्ब नयाँ निक्षेप आयो, केही बचत खाताको पैसा मुद्दतिमा सरे ।

राष्ट्र बैंकका अनुसार, ब्याज बढाबढका कारण प्रणालीमा करिव २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीहरुसँग कुराकानी गर्दा थपिएको २५ अर्बमध्ये प्रणालीभित्र भएकै पैसा घुम्दा नयाँ निक्षेपजस्तो देखिएको हो ।

ुराष्ट्र बैंकका विभिन्न ऋणपत्र किनेकाहरुले ८र९ प्रतिशत ब्याज पाइरहेका थिए माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले भने, बैंकमा साढे १३ प्रतिशत पाउने भएपछि त्यो बेचेर पनि पैसा आएको छ । राष्ट्र बैंकको ढुकुटीमा रहेको पैसा बण्ड बिक्रीबाट बाहिर आएको हो ।

बीमा कम्पनीका प्रमुख कार्यकारीहरुका अनुसार, बैंकहरुले ब्याज बढाबढ गरिरहँदा आफ्नो बीमा लेखबाट ऋण झिक्नेहरुको संख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ । बीमा कम्पनीहरुले बीमालेखको ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउँछन् । त्यो ऋण लिएर बैंकहरुमा साढे १३ प्रतिशत ब्याज आउने खातामा राखिएको छ ।

साढे १३ प्रतिशत ब्याज एक जुगमा एकपटक आउने समयजस्तै भएको थियो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, लामो समयसम्म लगानी गर्न चाहनेका लागि साढे १३ प्रतिशतसम्मको स्कीमले निकै नै आकर्षित गरेको देखियो ।

ब्याज बढाबढको प्रतिस्पर्धामा १७ वटा बैंक लागेका थिए । सुरुमा जनता बैंकले ब्याज बढाएर साढे १२ प्रतिशत पुर्यायो । त्यसपछि मेगा, सिभिल, माछापुच्छ्रे, सिद्धार्थजस्ता दर्जन बैंक प्रतिस्पर्धामा लागे । कुमारीले साढे १३ प्रतिशत पुर्याएपछि ब्याज कम हुने बैंकको पैसा ब्याज बढि हुने संस्थामा सर्न थाल्यो।

हिमालयन र नबिलजस्ता ठूला बैंकहरुमा पनि पैसा टिक्न छाड्यो । बढाउने बैंकहरुतिर पैसा सर्न थाल्यो । हिमालयन आफ्नो निक्षेप टिकाउनका लागि ब्याज साढे १३ प्रतिशत पुर्याउन बाध्य भयो । हिमालयनले ब्याज बढाएपछि नबिलको पैसा उता सर्न थाल्यो । भोलीपल्टै नबिल पनि साढे १३ प्रतिशतमा उक्लियो।

हिमालयनले ब्याज बढाएपछि लगभग तीनरचार दिन चलेको प्रतिस्पर्धमा नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकबाट ऋण लिनेहरु पनि बढे । यी बैंकबाट १०र११ प्रतिशतमा ऋण लिएर नबिल र हिमालयनजस्ता बैकहरुमा निक्षेप गर्नेहरु पनि देखिए ।

बैंकहरुले ब्याज बढाबढ गर्न थालेपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता संस्थाबाट घर सापटी, घरजग्गा खरीदजस्ता ऋण लिएर बैंकको मुद्दति निक्षेपमा राख्नेहरु पनि देखिए। ब्याज बढाबढले सापटी लिएर पनि बैंकमा राख्ने देखिए । तर प्रणाली बाहिरबाट भने ब्याज बढेको देखेर नयाँ पैसा आएजस्तो लाग्दैन ।

कतिपय बैंकका कर्मचारीहरुले बचत खाताको उच्चतम ब्याज बराबरमा ऋण सुविधा पाउँछन् । त्यस्ता कर्मचारीहरुले पनि पैसा झिकेर अर्को बैंकमा राखेको फेला पर्यो आफै सिइओ भएकाले मैले चै नैतिक रुपमा त्यसो गर्न मिलेनु एक प्रमुख कार्यकारीले भने, हाम्रै स्टाफले पनि ऋण सुविधा झिकेर अर्को बैंकमा पैसा राखे।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्