Logo
६ जेष्ठ २०८१, आईतबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको अर्थतन्त्र जोखिममा, शोधनान्तर घाटा ५७ अर्ब, रेमिट्यान्शले अझै मुलुक धान्दै

काठमाडौं : नेपालको अर्थतन्त्र जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति रु ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकको प्रतिवेदनले राज्यको ढुकुटी खुम्चीदै गएको देखाएको हो ।

अघिल्लो आवको यो समयमा २ अर्ब ४० शोधान्तर बचतमा थियो । बचतमा रहेको शोधानन्तर पछिल्लो समय घाटामा जानुलाई अर्थतन्त्रकालागी राम्रो नभएको जानकारहरु बताउछन । राष्ट्र बैंकका अनुसार यो आवमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च १७.५ प्रतिशतले र राजश्व सङ्कलन ३०.५ प्रतिशतले बढेको उल्लेख छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ भने आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको तथा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायमा १८.६ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्